काठमाडौं : लोकप्रिय कलाकार हरिवंश आचार्य अभिनित पछिल्लो सिनेमा हो ‘हरिबहादुरको जुत्ता’। जुन सिनेमालाई लिएर दर्शकहरू प्रतीक्षामा रहेका छन्। यही सिनेमाको आज शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक गरिएको पोस्टरमा हरिवंशलाई देख्न सकिन्छ। उनले झोला, जुत्ता अनि बाकस बोकेका छन्। पोस्टरमा उनी हसिलो चेहरामा छन्। टौवाको डिजाइन रहेको पोस्टर आकर्षक छ।

दिपेन्द्र के. खनालको निर्देशनमा बनेको सिनेमामा हरिवंशसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यो सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। संगीत वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको रहेको छ भने स्वर आशिस अविरल, समीक्षा अधिकारी, समिर खरेललगायतको छ।
सिनेमा आगामी दशैंको फूलपातीको दिन (असोज १३ गते)देखि प्रदर्शनमा आउँदैछ।















