काठमाडौं : पौषको दोस्रो हप्ताबाट छायांकनमा जान लागेको सिनेमा ‘कल्ली’मा एकपछि अर्को पावरफूल कलाकारहरु भित्रिएपछि लाइनअप बलियो बनेको हो ।
सिनेमाका निर्माता किरण नेपालीले नाजीर हुसेन र वर्षा राउत सँग कागजी रुपमा संझौता गरेको पुष्टि गरेको छ । यी दुबै कलाकारहरुको भूमिका के हो भन्ने विषयमा केही पनि खुलाइएको छैन् ।
सिनेमामा नायक सौगात मल्ल, अर्पण थापा, वुद्दि तामाङ, कमलमणी नेपाल र नायिका बेनिशा हमाल फाइनल भइसकेका छन् । केही साता अगाडि मात्र कलाकार उत्तम प्रधानलाई पनि सिनेमामा भित्राइएको थियो । यस्तै, सिनेमामा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन् ।
रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको सिनेमामा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने पक्का भइसकेको छ ।
किरण नेपालीको लगानीमा बन्न लागेको यो सिनेमामा लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहनेछ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । सिनेमाको कथावस्तु यसपटक निकै फरक रहेको निर्माणपक्षको दाबी छ ।















