Sur Cinema

  ‘पूर्ण बहादुरको सारङ्गी’को प्रचार यात्रा: विराटनगरमा भव्य साङ्गीतिक महोत्सव सम्पन्न  

काठमाडौं : सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रचारप्रसार अभियान विराटनगरमा सम्पन्न भएको छ । कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने यो सिनेमाको साङ्गीतिक कार्यक्रम इटहरीबाट सुरु भई धरान, दमक, र बिराटनगरमा भव्य रूपमा आयोजित भएको थियो । अहिले टिमले चितवनतर्फ यात्रा थालेको छ ।

विराटनगरको महेन्द्र चोकमा आयोजित कार्यक्रममा सिनेमा टिमको उत्साह अद्वितीय देखिएको थियो । कार्यक्रम सुरु हुनुअघि कलाकार टोली सिटी सिनेमाजमा प्रमोशनल भिजिटका लागि गएको थियो ।

यस प्रचार कार्यक्रममा प्रमुख कलाकारहरू विजय बराल, मुकुन भुषाल, अन्जना बराइली, साथै गायक तथा संगीतकार प्रशान्त सिवाकोटी र सारङ्गी बाधक बिराज गन्दर्भको उपस्थिति रहेको थियो । गायक प्रशान्तले सिनेमाका गीतहरू प्रस्तुत गर्दा बिराज गन्धर्वले सारंगीको सुरमा र्याप प्रस्तुत गरेर दर्शकलाई मनोरंजन गराएका थिए।

मन्डला नाटकघरको जुनकिरी ट्रक सहितको प्राविधिक टोलि देशभर सिनेमा प्रचारप्रसारमा निस्किएको हो । ‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज सिनेमा र बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा हो । यो सिनेमाको लेखन तथा निर्देशन सरोज पौडेलले गरेका छन्, भने बिनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता रहेको छन्। सिनेमा गन्दर्भ समुदायको सांस्कृतिक संघर्ष, परम्परा संरक्षण, र सारंगी संस्कृतिको प्रवर्धनको कथा बोकेको छ