Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

तुलसी घिमिरेको ‘पहाड’मा बिपिन कार्कीको र्‍याप

काठमाडौं : निर्देशक तुलसी घिमिरेको नंया सिनेमा ‘पहाड’को एक गीतका लागि अभिनेता विपिन कार्कीले आफ्नो स्वर दिएका छन् । निर्देशक घिमिरेका ससुरा समेत रहेका बरिष्ठ संगीतकार रंञ्जित गजमेरको संगीतमा विपिनले पहाडका लागि र्‍याप गीत गाएका हुन । गीतलाई निर्देशक घिमिरेले लेखेका हुन् भने घिमिरेका अनुसार यो गीतमा भारती घिमिरे र अन्य एक गायकको पनि स्वर रहने छ ।

आगामी तिहार लगत्तै छायाँकनमा निस्किने सिनेमामा विपिन कार्की सहित मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत चिर परिचित कलाकारहरु खेल्ने निश्चित भईसकेको छ । यो सिनेमाबाट सप्राईजका रुपमा अर्का एक चलेका अभिनेता र एक नव अभिनेत्रीको आगामन पनि हुने निर्देशक घिमिरेको भनाई छ ।

५० प्रतिशत नेपालका विभिन्न पहाडी भेगमा छायाँकन हुने यस सिनेमाको बाँकी ५० प्रतिशत छायाँकन भने मुम्बईमा हुनेछ । प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेका निर्देशक घिमिरेलेलाई प्रोडक्सन डिजाइनर भएर जेठी छोरी भावनाले सघाईरहेकी छिन् ।