Sur Cinema

‘द फन्टुस शो’ सुरु

काठमाडौँ : नेपालकै पहिलो इम्प्रभ कमेडी शो ‘द फन्टुस शो’ शनिबारदेखि ओएसआर मार्फत प्रसारण सुरु भएको छ। हिल्स एण्ड होराइजन फिल्म्सको प्रस्तुत यो शोको निर्देशन कैलाश कार्कीले गरेका हुन् भने सन्तोष थापाले होस्ट गरेका छन्।

प्रतियोगीहरूमा आशिष न्यौपाने, रजनीश अर्याल, सतीश कार्की, जय खतिवडा, श्रिया सुवेदी र आस्था तिमिल्सिना छन्।

कार्यक्रममा प्रतिस्पर्धीहरूले विभिन्न इम्प्रभ गेमहरू खेलेर प्रतिस्पर्धा गर्नेछन्। शो सिल्भर, गोल्ड र डायमण्ड गरी तीन चरणमा विभाजित छ र अन्तिममा एक विजेताले नगदसहित पुरस्कार जित्नेछन्।