काठमाडौं : नवीन पन्तको लेखन तथा निर्देशनमा बन्ने सिनेमा ‘बाकस’को शुभमुहूर्त सम्पन्न भएको छ । ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो ।
सिनेमामा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोला राज सापकोटा, हिउबाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ, विमल यादव र बालकलाकार सुपला सापकोटालगायतको अभिनय रहनेछ । यसै सिनेमामार्फत भोला राज सापकोटा र उनकी छोरी सुपलाले पहिलोपटक एकसाथ पर्दा साझा गर्नेछन् ।
पीके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने सिनेमाकी निर्माता सुजिता चौलागाईं हुन् भने राजन सिंह केसी र छत्रबहादुर खड्का सहनिर्मातामा छन् । सिनेमाको छायांकन महेश पौडेलले गर्नेछन् । कथा तथा निर्देशन नवीन पन्तकै रहेको सिनेमा दशैंलगत्तै छायांकनमा जानेछ ।


















