Sur Cinema

काजीको जीवनमा नयाँ मैया, ‘कबड्डी ५’को ट्रेलरमा अनेक ट्विस्ट

काठमाडौं : रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ट्रेलर सार्वजनिक भएको छ । ललितपुरस्थित लबिम मलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा काजीको वैवाहिक जीवन, नयाँ मैयासँगको सम्बन्ध र विपिन कार्कीको धमाकेदार इन्ट्रीलाई देखाइएको छ । काजीको टोली र विपिनको समूहबीचको टकरावले ट्रेलरमा कमेडी र एक्सन थपेको छ । साथै, मिरुना मगरको उपस्थितिले कथाप्रति दर्शकको उत्सुकता बढाएको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा दयाहाङ राई, विपिन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगरलगायतको अभिनय छ । सिनेमा कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ ।