काठमाडौं : रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमा ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित कार्यक्रममा सिनेमाको घोषणा गरिएको हो।
अमरदीप सापकोटाको लेखन तथा निर्देशन र रघुनाथ सापकोटाको निर्माणमा बन्ने यस सिनेमाको छायाङ्कन यही सातादेखि सुरु हुने जनाइएको छ। सिनेमाका गीत पशुपति शर्माले तयार गर्नेछन् भने छायाङ्कन संकल भुजेलले गर्नेछन्। निरज नेपाल कार्यकारी निर्माता हुन्।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुने सिनेमामा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना, राजु तिमल्सिनालगायतका कलाकारको अभिनय रहनेछ।
निर्देशक सापकोटाका अनुसार सिनेमाले हाँसो, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ प्रस्तुत गर्नेछ। सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।















