काठमाडौं : गायिका रानी शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय अधिकारीको शब्द तथा अधिकारीकै संगीत छ ।
प्रहिल कार्कीको निर्देशनमा तयार भएको यो गीतको भिडियोमा निक्स शर्मा र मोडल विना राउतको रोमान्टिक अवतार हेर्न सकिन्छ । सिने शैलीको लाग्ने यो गीतको भिडियोमा माधव बेलवासेको सम्पादन, उत्तम हुमागाँइको छायांकन छ ।
फरक फरक शैलीका गीत दर्शकमाझ ल्याउन माहिर गायिका रानी शाक्यले यसपटक रोमान्टिक गीत तिहारको उपलक्ष्यमा दर्शकलाई उपहार स्वरुप सार्वजनिक गरेकी हुन् ।