काठमाडौं : चर्चित हास्यकलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे) ले सिनेमा निर्देशनमा डेब्यु गरेका छन्। उनले आज (खीर खाने दिन) को अवसरमा ललितपुरमा आफ्नो डेब्यु सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त गर्दै छायांकन सुरु गरेका हुन्।
पारिवारिक कथावस्तुमा आधारित यस सिनेमवमा गणेश उप्रेती, प्रियाना आचार्य (मुन्नी), निर्मल शर्मा, रमेश उप्रेती र दीपाश्री निरौला लगायतको अभिनय रहनेछ।
सिनेमाको मुख्य आकर्षणको रूपमा एउटा गीतमा काठमाडौंका मेयर बालेन शाहको र्याप समावेश गरिने भएको छ। शुभमुहूर्तमा बालेन पत्नी सविना काफ्ले समेत उपस्थित भएर शुभकामना दिएकी थिइन्। ४५ दिनको छायांकन सेड्युल रहेको यो सिनेमा काठमाडौं उपत्यकामा खिचिनेछ।















