Sur Cinema

सबै उमेरका दर्शकले हेर्न मिल्ने भयो ‘कबड्डी ५’

काठमाडौं : रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। चलचित्र जाँच समितिले शुक्रबार सिनेमालाई सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने प्रमाणपत्र दिएको हो।

निर्देशक गुरुङका अनुसार सेन्सर बोर्डका पदाधिकारीले सिनेमामा सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्।

सिनेमामा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय छ। बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमा आगामी कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउनेछ।