काठमाडौं : निर्देशक चन्द्र पन्तको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘आ बाट आमा’ मा अभिनेत्री सिम्रन पन्त अनुबन्धित भएकी छन् । निर्माण टिम र उनि बिच सोमबार कागजी सम्झौता भएको हो ।
सिम्रनले यसअघि सिनेमा ‘होस्टेल ३’मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको प्रशंसा गरिएको थियो । ‘आ बाट आमा’ उनको दोश्रो सिनेमा हो । यसअघि नै सिनेमामा अभिनेत्री विपना थापा, पल शाह साथै तेलुगु, हिन्दी र तमिल सिनेमाका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन् ।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको यो सिनेमा आउँदो भदौबाट छायांकनमा जाने तयारीमा छ । निर्देशक पन्तका अनुसार सिनेमा आगामी फागुन १५ गतेबाट प्रदर्शनमा आउने तय भइसकेको छ।















