Sur Cinema

प्रचार-प्रसारमा ‘सिटामोल’ टिम : सार्वजनिक गीत र टिजरले पायो राम्रो हाईप

काठमाडौं : सिनेमा ‘सिटामोल’को निर्माण टिम अहिले सिनेमाको व्यापक प्रचारमा जुटेको छ । गत शनिबार कमेडी नाइट वीथ च्याम्पियन पुगेको टिम यतिबेला विभिन्न मिडियामा पुगेर धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने प्रयासरत छ ।

यसैबीच, सिनेमामा समावेश एक गीत र टिजर सार्वजनिक भैसकेका छन् । जसले दर्शकमाझ सिनेमाको राम्रो हाइप बनाउन सफल देखिएका छन् । सिनेमामा समावेश ‘झुम्का कानैमा’ गीत र गत हप्ता सार्वजनिक टिजर दुवैले दश लाख बढि दर्शकको साथ पाएका छन् । गीत र टिजर हेरेका दर्शकले सिनेमा हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया समेत दिएका छन् ।

विशेषगरी दर्शकले अभिनेता सौगात मल्ल र बेनिशा हमालको केमेष्ट्री निकै जमेको प्रतिक्रिया दिएका छन् । ‘झ्यानाकुटी’पछि पुनः यो जोडीलाई पर्दामा हेर्न उत्साहित रहेको प्रतिक्रिया दर्शकको छ । सिनेमाका प्रचार सामाग्रीले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि उत्साहित देखिन्छ ।

सिनेमामा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ । श्री कृष्ण र जानुकाले यही सिनेमाबाट नेपाली रजतपटमा डेव्यु गरेका हुन् ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक साने मिलेर लेखेका हुन् । सिमोस सुनुवारको प्रस्तुती रहेको सिनेमामा भुगोल कुमार कार्की र विकाश राज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सह-निर्मातामा छन् ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउण्ड डिजाइनर मुकेश शाह, द्धन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन् । सिनेमा आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउँदै छ ।