Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कलाकारलाई असोजको दशै मङ्सिरमा लाग्ने छाटकाट


काठमाडौं;- कलाकार रेखा थापा मङ्सिर ४ मा हुन लागेको प्रतिनिधि सभाका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उमेरद्वारी दिने तयारीमा छिन । यसैका लागि उनी गाउँ गाउँ पुगेर स्थानियलाई भेट्दै समस्याको विशयमा छलफल गरिरहेकी छन । भेटघाटको क्रम तिब्र बनेको छ । राप्रपाको हलो चिन्ह लिएर उनी अघि बढिरहेकी छन । उनको गाउँ गाउको यात्रा देखि स्थानियका बिचको सालिन व्यवहार लोभ लाग्दो छ ।
उनलाई दशैको माहौलमा पनि ब्यक्तिगत रहर र चाहना भन्दा पनि चुनाव प्रचार र भेटघाटलाई निरन्तरता दिनु पर्छ भन्ने लागेर होला त्यतै ब्यस्त देखिइन । उनले टीका समेत आफ्ना शृमान र माइतीको साथ मोरङ मै मनाइन ।
फिल्म क्षेत्रमा मेकर र कलाकार दुबै बनेर सफल उनको राजनितिक उपस्थिती उतार चढावका वावजुत बलियो देख्न सकिन्छ ।
आज दशैको अन्तिम दिन,कोजाग्रत पुर्णिमा । तर कलाकार जो आसन्न निर्वाचनमा आफ्नो उमेरद्वारी दिने तयारीमा छन, को ब्यस्तता असोजको दशै भन्दा पनि मङ्सिरको महादशैलाई लिएर देखिएको छ ।
दशै भन्दा पनि चुनाव लागेका अर्का कलाकार हुन हिमेश पन्त । कमेडी करियर खासै आसालाग्दो बन्न सकेन उनको । सिनेमामा देखिने उनको रहरले कस्तो परिणाम देला त्यो हेर्न बाकी नै छ । मिलन चाम्स एक सिनेमाको बिदेश छायान्कन सकेर उनी नेपाल फर्किएका छन । त्यस्तै उनले अभिनय गर्ने भनेका केही सिनेमाको पनि चर्चा चल्दै छ । यही बिच उनले दशै कै माहौलमा चुनावमा उम्मेदवारी दिने घोशणा गरेका छन ।
रवि लामिछानेको रास्टृय स्वतन्त्र पार्टी अन्तर्गत उनले उम्मेदवारी घोषणा गरेका हुन । धादिङका स्थानियवासी उनले क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा निर्वाचनमा लड्ने निर्णय गरे ।
उनले आफुलाई कलाकार र युवा अभियन्ता भनेर चिनाएका छन । कमेडीमा नजमेका, कलाकारिता हेर्नै बाकी उनी युवा त हुन तर कसरी अभियन्ता बने त्यो उनैलाई थाहा होला । सन्जाल हेर्दा उनलाई पनि दशै भन्दा चुनाव बढी लागेको स्पष्टै देख्न सकिन्छ ।
यता मनोज पन्डित त लामै समय यता उम्मेदवारी घोषणा गरेर तयारीमा लागेका छन । गोकुल बास्कोटाको सत्तरी करोड काण्ड र त्यस सम्बन्धी अभिब्यक्ती देखेर पचाउन नसकेका उनले सोही आधारमा बास्कोटा कै क्षेत्रबाट चुनाव लड्ने उद्घोस गरेका थिए ।
स्थानिय निर्वाचनको समय होस या बर्खाको समय उनी गाउँ गाउँ पुगेर स्थानियलाई भेटे र समस्याको बारे बुझे । लामै समय भयो उनी आफ्नो सवारी “स्कुटर” लिएर काभ्रेका गाउँ गाउमा हिलाम्य बाटो छिचोल्न थालेको ।
दशै पनि उनलाई खासै खास भएन । काभ्रेपलान्चोक क्षेत्र नम्बर दुई बाट स्वतन्त्र उम्मेदवारी दिएका उनी सिनेमा बनाउने मान्छे हुन । निर्देशक किन राजनितीमा भन्ने प्रश्नको जवाफमा उनी “कल्पनाशिलता” भनेर एक शब्दमा समेटिदिन्छन ।
यो दशै त हरेक बर्श आउछ, मङ्सिर ४को दशैलाई भ्रस्टाचार फ्याक्ने र नया आयाम ल्याउने दशैको रुपमा स्थापित गर्नुपर्ने उनको बिचार छ ।
यश अघि नै सभासद भएकी कोमल वलीले समेत दाङबाट टिकट पाएको चर्चा छ ।
टिकट पाउनेको लिस्टमा करिश्मा मानन्धरको नाम भने अटाएको देखिदैन । पार्टी परिवर्तन र विवादास्पद भनाईको कारण चर्चामा आइ रहने उनले पदको लोभमा पार्टी फेरेको आरोप त छ । तर उनको स्वार्थ यस पटक पूरा नहुने देखिएको छ । उनलाई चुनाव र पार्टी प्रचारको लागि प्रयोग मात्रै गरिएको झै देखिन्छ । त्यसैले होला सबै जना चुनावी माहौलमा रमाउदै गर्दा उनलाई भने गज्जब दशै लाग्यो । दशैको भ्लग नै सार्वजनिक गर्न भ्याईन ।
यसरी समग्रमा हेर्दा नेता बन्ने भिडमा लागेका कलालारको दशै असोजमा नभएर मङ्सिरमा हुन लागेको देखिन्छ ।