Sur Cinema

बल्छीको निर्देशनमा ‘गोबर गणेश’ प्रमुख भुमिकामा वर्षा !

काठमाडौं : सिनेमा ‘गोबर गणेश’ निर्माणको घोषणा गरिएको छ । ‘गोबर गणेश’लाई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्नेछन् । बल्छी धुर्बे फिल्मसको प्रस्तुति रहने सिनेमाको माघ १ गते लाई रिलिज गरिनेछ ।

टेलिसिरियल बाट मरिचमानले सेतो पर्दामा उक्लिन लागेका हुन् । ‘मेरी बास्सै’बाट दर्शकमाझ लोकप्रिय बनेका उनी पछि आफैँ टेलिसिरियल निर्देशनमा आएका थिए । उनका टेलिसिरियल ‘हल्का रमाइलो’ र ‘जुठे’ दर्शकमाझ लोकप्रिय छन् ।

मरिचमान आफैँ भने आफूले निर्देशन गर्ने सिनेमामा अभिनय गर्नेछन् वा छैनन् केही खुलाएका छैनन् । यस सिनेमाको मुख्य अभिनेत्रीमा वर्षा सिवाकोटी छिन् । यस्तै अन्य कलाकारमा पदम तामाङ, सन्तोष बानिया, माओत्से गुरुङ रहेका छन् भने सीतादेवी तिमल्सिना र पुजन घिमिरे (पुकु) पनि छन् ।

टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने सिनेमाको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो सिनेमाको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।