Sur Cinema

‘लालीबजार’को क्यारेक्टर लुक : शृङ्गारिक गर्भवती महिलाको रुपमा स्वस्तिमा !

काठमाडौं : षट्कोण आर्ट्सको व्यानरमा निर्माण हुन लागेको सिनेमा ‘लालीबजार’ स्वस्तिमा खड्काको क्यारेक्टर लुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा नायिका खड्कालाई गर्भवती महिलाको रुपमा देखाइएको छ ।

गर्भवती महिला भएपनि उनको शृङ्गार र हाउभाउले भने फरक चित्रण गरेको छ । सिनेमाको पोष्टरमा उनको शारीरिक अवस्था र उनको चाहनाको भिन्नता स्पष्ट देख्न सकिन्छ ।

यम थापाको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो सिनेमामा रवीन्द्र सिंह बानियाँ र म्याक्स दीपेश खत्रीको लगानी रहनेछ । प्रदीप भट्टराई सिनेमाका कार्यकारी निर्माता हुन् ।

 दशैं लगतै छायांकनमा जाने यो सिनेमाको प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ ।