Sur Cinema

अमेरिकावासिले खुलेरै प्रसंसा गरे सिनेमा ‘यो मन त मेरो नेपाली हो’को !

काठमाडौं : यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा विशेष सो गरिएको छ । अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा सिनेमा हेर्ने दर्शकले सिनेमाको खुलेरै प्रसंसा गरेका छन् ।

सोमबार राति पिट्सबर्ग गरिएको विशेष सो हेर्ने दर्शकले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा सिनेमाको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएकोले सिनेमा निकै सुन्दर र हरेक नेपालीभाषी हेनु पर्ने सिनेमा बनेको भन्दै दर्शक सिनेमाको तारिफ गरेका छन् ।

सिनेमा ‘यो मन त मेरो नेपाली हो’ मा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन “मन्त्री”,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता परियार , देवराज राजबन्शी,भानुभक्त सिटौला लगायतको अभिनय रहेको छ।

सिनेमाले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको सिनेमा ‘यो मन त मेरो नेपाली हो’ लाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् ।

अमेरीकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन रहेको यस सिनेमामा शिवम् अधिकारीको लेखन रहेको छ ।सौरभ लामाको छायांकन ,देव महर्जन द्वन्द्व ,समिर मियाको भिएफएक्स ,कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी , सम्पादक बनिश शाह तथा सिजिआई सत्यम राना रहेको छ ।

दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सिनेमामा संगीत रहेको छ भने दिपक शर्मा , विल्सन विक्रम राई,शंकर अधिकारी घायलको शब्द तथा खैजडी गीतमा अनिश अधिकारीको शब्द संकलन रहेको छ ।