Sur Cinema

‘महाराजधिराज’ मा गजित बिष्ट : निर्माण टिमको प्रस्ताव सहर्ष स्वीकार !

काठमाडौं : निर्माणाधीन सिनेमा ‘महाराजधिराज’मा अभिनेता गजित विष्ट अनुबन्धित भएका छन् । उनले पछिल्लो समयको लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मा ‘जेठान’को भूमिकाबाट राम्रो चर्चा कमाएका थिए ।

गजित बिष्ट भन्नुहुन्छ- अभिनयमा सधै रमाउने मान्छेलाई फेरि फरक चरित्रमा प्रस्ताव आउँदा साच्चै खुशी लाग्दो रहेछ । ‘महाराजधिराज’मा एउटा महत्त्वपूर्ण भुमिका रहेछ त्यसको लागि म फिट हुन्छु भन्ने लागेर नै मलाई निर्माण टिमले प्रस्ताव राख्नु भएको रहेछ । मैले पनि त्यो भुमिकाको बारेमा राम्रो सङ्ग बुझेपछि उत्साहित भएर जोडिन पुगे ।

सिनेमामा गजित बिष्टको आगमनले कलाकारहरूको सूचीलाई अझ बलियो बनाएको छ । यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत, वर्षा सिवाकोटी, जय किशन बस्नेत र पुष्प खड्का जस्ता स्थापित तथा नयाँ पुस्ताका कलाकारहरू यस सिनेमामा अनुबन्धित भइसकेका छन् । 

‘मायाज बार’ नामक सिनेमाबाट अभिनयमा डेब्यु गरेका बिष्टले आफ्नो १५ वर्षको सिने करियरमा लगभग २ दर्जन सिनेमामा अभिनय गरिसकेका छन् । यसका साथै, उनले ‘लभ यु बाबा’ र ‘हैरान’ जस्ता सिनेमा निर्माण समेत गरेका छन् ।

‘महाराजधिराज’ को निर्देशन परिच्छेद सेनले गर्दैछन् । यसअघि सेनले निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ले राम्रो प्रतिक्रिया पाएको थियो । यस सिनेमाको कथा पनि निर्देशक सेनकै हो । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको निर्माण रहने यो सिनेमाका प्रस्तुत कर्ता बिराज विष्ट हुन् । टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का यश सिनेमाका निर्माता हुन् ।