Sur Cinema

ठूलो पर्दामा सुरक्षा इटनी !

काठमाडौं : लोकप्रिय टेलिभिजन सिरियल ‘सक्किगोनी’ मार्फत दर्शकमाझ चिनिएकी कलाकार सुरक्षा इटनी अब ठूला पर्दामा पदार्पण गर्दैछिन् । उनी यहि बिहिवार बाट छायांकनमा जान लागेको सिनेमा ‘द ब्लु लाइट’ मार्फत पहिलो पटक सिनेमा डेब्यु गर्ने भएकी छन् ।

सुरक्षा इटनी आफैमा एक लोकप्रिय मोडल हुन्, जसले ३ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । अभिनय यात्रा सानो पर्दाबाट सुरु गरेकी सुरक्षाले अब सिने क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउँदैछिन् ।

सिनेमाको निर्देशन बलिराम चौहानले गर्दै छन्, सिनेमालाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ भने सह–निर्माताको रूपमा रमन ग्रे रहने छन्।