Sur Cinema

फेरि एक्सन अवतारमा आउँदै पूजा

काठमाडौं : नयाँ सिनेमामा पूजा शर्मा अनुबन्धित भएकी छिन् । निर्देशक रुपेश तामाङले उनलाई अनटाईटल सिनेमामा अनुबन्ध गरेका हुन् । २०८१ मा उनी अभिनित सिनेमा ‘दान्भी’ होस या ‘रावायण’ दुवै सिनेमा फ्लप सावित भयो ।

निर्देशक तामाङले अघिल्लो सिनेमाको कमीकमजोरी सुधार्दै दोस्रो सिनेमा निर्माणमा लागेको बुझिएको छ । बैशाख १७ गते अभिनेत्री शर्माको जन्मदिनमा नै उनलाई सिनेमाका लागि फाइनल गरिएको थियो ।

एक्सन जनराकै सिनेमा निर्माणमा जुटेका रुपेशले पूजालाई एक्सनमै उतार्न लागेको बाहिरिएको छ भने अन्य पनि चलेकै कलाकारहरु लिने बुझिएको छ । सिनेमाको नाम निर्माण पक्षले खुलाएका छैनन् भने चलचित्र विकास बोर्डमा दर्ता समेत हुन बाँकी छ ।