काठमाडौं : सिनेमा ‘पिताम्बर’मा कलाकारको जम्बो टोली समेटिएको छ । ठूलो स्केलमा लार्जर देन लाईफमा सिनेमा बनाएको सिनेमामा आवद्ध ब्यक्तिहरुले बताउँदै आएका छन् । यसरी हेर्दा सिनेमामा ठूलो रकम खर्च भएको देखिन्छ ।
यसरी पानी झै पैसा बगाउँदै गर्दा निर्माता विशाल चौलागाईं भने यसलाई खर्च होईन लगानी भन्न रुचाउछन् । तर, सिनेमामा लगानी गरेको भन्दै गर्दा उनले सिनेमालाई लिएर दिमाग होईन दिलबाट बनाएको पनि भन्न भ्याएका छन्् । अब मनको कामलाई उनले कसरी लगानी भने यो कुरा कसरी प्रस्टिन्छ त्यो उनै जानुन । खैर सिनेमा प्रदर्शन नजिकिदै गर्दा यसको हाईप लोभलाग्दो देखिएको छ भने सफल सिनेमाको लिस्टमा यो पनि पर्ने अनुमान सिनेमा प्रेमीले लगाउदै आएका छन् ।
कुरा गरौ विशाल कै । विशाल यही सिनेमाकी निर्देशक कृषा चौलागाईंका भाइ हुन् । उनले आफ्नी दिदीको कुनै पनि काम प्रतिको निरन्तर लगावलाइ देख्दै आईरहेका छन् । यही लगावकै आधारमा आफू सक्षम बन्दै गर्दा दिदीले देखेको सपना पूरा गर्न आफुले लगानी गरेको बताउँछन् ।
दिदीको डेडिकेसनले कही न कही उनलाई पनि सिनेमा प्रतीलगाव बढेको छ । अब उनी यो क्षेत्र संग जोडिए पछि यही क्षेत्रको स्तरोन्नतीको अपेक्षा पनि गर्छन । र उनको योजना छ अब यो क्षेत्रमा जोडिएर लामो यात्रा अन्य क्षेत्रमा झै यता पनि तय गरौ ।















