Sur Cinema

सुशान्तको गीतले उपासनाको मायामा पागल भए बिपिन !

काठमाडौं : सुशान्त केसीको स्वरमा सजिएको सिनेमा ‘कर्मा’को गीत ‘पागल’ सार्वजनिक भएको छ । उक्त गीत केसीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा लय, शब्द तथा संगीत पनि गायक केसीकै छ । सिनेमाको लागि सुशान्तले गाएको यो पहिलो गीत हो ।

गीतमा विपीन कार्की उपासना सिंह ठकुरीलाई देख्ने बित्तिकै मायामा पागल बनेको क्षणलाई प्रस्तुत गरिएको छ । सिनेमाका मुख्य कलाकार जति नै सुशान्त पनि भिडियोमा फिचर्ड छन् ।

सिनेमा आगामी चैत २९ गते रिलिज हुँदैछ । सिनेमामा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ । सिनेमामा सौरभ चौधरीको कथा र निर्देशन छ ।