Sur Cinema

‘नरसिंहाः अवतार’को फस्टलुक सङ्गै प्रदर्शन मिति सार्वजनिक

काठमाडौं : सिनेमा ‘नरसिंहाः अवतार’को फस्टलुक सङ्गै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंको ग्लोबल कलेजमा आयोजित एक भव्य कार्यक्रम गरि सार्वजनिक गरिएको हो । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमा आउँदो वर्ष जेठ ९ गतेबाट सार्वजनिक प्रदर्शन हुँदै छ ।

नेपाली सिनेमाको इतिहासमा संभवत नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा नायक हमालले आफूले ३ सय बढी सिनेमामा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए । यो सिनेमामा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारको अभिनय छ ।

राजु विक्रम थापाले खिचेको सिनेमामा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।
प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो सिनेमाका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।