काठमाडौं : सिनेमा ‘१२ गाउँ २’ बनाउन लागेको चर्चा चलिरहँदा नायक विराज भट्टले अर्को एक सिनेमा साइन गरेका छन् । विराजले सिनेमा ‘१२ गाउँ २’को काम तत्कालका लागि पछि सार्दै नयाँ सिनेमा ‘राम नाम सत्य’ साइन गरेका हुन् ।सिनेमाका निर्देशक माइकल चन्द र नायक विराज भट्टविच सोमबार कागजी संझौता भएको छ ।
सिना ‘१२ गाउँ’ रिलिज भएपछि विराजको चर्चा र क्रेज फेरि एकपटक चुलिएको छ । उनलाई सिनेमा अफरको लाइन लागेको छ । तर, विराजले होम प्रोडक्सनको सिनेमाको काम समेत रोकेर ‘राम नाम सत्य’ साइन गर्नुलाई महत्वका साथ हेरिएको छ । सिनेमाको कथावस्तु र पटकथा निकै मन परेपछि विराज यो सिनेमामा काम गर्न तयार भएका हुन् ।
म्युजिक भिडियो निर्देशन गर्दै आएका माइकल चन्दले यो सिनेमाको निर्देशन गर्न लागेका हुन् । सिनेमामा कथा पनि उनको नै छ । सिनेमाको छायांकन आउँदो वर्षबाट सुरु गर्ने योजना माइकलको छ भने सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने पक्का भइसकेको छ । सिनेमामा उत्तम गुरुङ, उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहनेछ । नरेन्द्र शाह र सन्तोष अर्याल सिनेमाका कार्यकारी निर्माता हुन् ।
यो सिनेमालाई एक्सन, लभ स्टोरी, कमेडीको कथामा निर्माण गरिनेछ । सिनेमाका लागि अन्य कलाकार एकपछि अर्को रुपमा जानकारी दिदै जाने योजना निर्माणपक्षको छ ।















