Sur Cinema

‘महाभोज’को इन्डक्ल्याप

काठमाडौं : दिनेश राउतको निर्देशन रहेको सिनेमा ‘महाभोज’को छायाकंन सम्पन्न भएको छ । शुक्रबार सिनेमाको इन्डकल्याप गरिएको हो । सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित रहने सिनेमा निर्देशन राउतको यो आठौँ सिनेमा हो ।

यो सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, आर्यन सिग्देल, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, देशभक्त खनाल, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहलगायतका कलाकारको अभिनय रहेको छ ।

क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् भने यो सिनेमाको कार्यकारी निर्मातामा किरण नेपाली र सुदिप ढकाल छन् ।सिनेमामा विकास सुवेदीको कथा तथा पटकथा रहेको छ ।

राजेश श्रेष्ठको छायाङ्कन रहेको सिनेमाको निमेष श्रेष्ठको सम्पादन , उत्तम न्यौपानेको ध्वनि डिजाइन, दिनेशबहादुर रावतको मुख्य सहायक निर्देशन रहेको छ । सिनेमाको वितरण काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले गर्ने भएका छन् ।