Sur Cinema

‘आउटलः दफा २१९’ ट्रेलर : फरक शैलीको एक्सन र न्यायको कथा प्रस्तुत

काठमाडौं : सिनेमा ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको यो सिनेमाको ट्रेलरले दर्शकको उत्सुकता ह्वात्तै बढाउने देखिन्छ । सिनेमाको ट्रेलर हेर्दा यसको मेकिङ, कथावस्तु, एक्सन गज्जब देखिएको छ । नायक सुशिल श्रेष्ठलाई ‘एक्सन स्टार’मा रुपमा प्रस्तुत गरिएको सिनेमामा उनको काम पनि तारिफयोग्य देखिएको छ ।

नेपालमा यो वर्ष एक्सन कथाका सिनेमालाई रुचाइएको छ । यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो सिनेमाले पनि दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ । यो सिनेमामा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमामा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । सिनेमामा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको सिनेमामा चुल्ठे काजीको एक्सन निर्देशन छ ।