Sur Cinema

छायांकनमा ‘माग्ने राजा’

काठमाडौं : महाशिवरात्रिको अवसर पारेर आज बुधबार सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमा “माग्ने राजा”को छायाङ्कन सुरु भएको छ । निर्माण टिमका अनुसार, सिनेमाले आफ्नो छायाङ्कन काभ्रेको बल्थलीबाट सुरु गरेको छ ।

सामिप्यराज तिमल्सिनाले कथा रहेको सिनेमाले एउटा गरिब व्यक्तिको धनी बन्ने महत्त्वाकांक्षाको कथालाई केन्द्रमा राखेर कथा भन्छ । सिनेमाका निर्देशक ऋषि लामिछाने हुन् भने मुनाल घिमिरे सिनेमाका निर्माता हुन् । सिनेमाको छायाङ्कन नरेन्द्र मैनालीले गर्नेछन् । सिनेमा आगामी वर्षको तिजमा रिलिज घोषणा पनि निर्माणपक्षले गरेको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ । सिनेमामा केदार घिमिरे, आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सन विक्रम राई, र शिशिर वाङ्देल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ।