काठमाडौँ : सारिका घिमिरेको शब्द,संगीत र स्वरमा ‘झुम्के फुली’ सार्वजनिक भएको छ । सार्वजनिक ‘झुम्के फुली’ गीतमा संगीत संयोजन मनोज परियारले गरेका छन् ।
सारिकाले यस अघि पनि थुप्रै गीतमा आफ्नो स्वर दिई सकेकी छिन् । सार्वजनिक डान्सिङ्ग नम्बरमा सारिका घिमिरे र अलिशा शर्मा फिचर्ड छन् ।
केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । ओएसआर डिजिटलको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भिडियो र अडियोले दर्शकको मन छुनेमा निर्माण टिम बिश्वस्त रहेको छ ।















