काठमाडौं : सिनेमा “एक्टर: टेक वन” यहि बुधबार बाट प्रदर्शन हुँदैछ । यो सिनेमाबाट दिब्या रायमाझीले सिनेजगतमा डेब्यु गर्दै छिन् । पहिलो सिनेमामै उनले चल्तिका नायक प्रदीप खड्का संग स्कृन सेयर गर्दै छिन् । यसपछि उनले अर्को एक सिनेमामा समेत प्रदीपको साथमा काम गरिसकेकि छन् । यसरी लम्बिएको सहकार्यको सुरुवाती हेराई कस्तो थियो त ? आज हामी यसै बारे चर्चा गर्दै छौ ।
दिब्याको पहिलो सिनेमा थियो ‘एक्टर’ । उनी वर्कसपका लागि पुगेकी थिइन । त्यही थिए प्रदीप । उनी कुरागर्न नजिक गइन । औपचारिक हाई हेल्लो पछि प्रदीपले सोधे,”तिमिले थिएटर पढेर आएको हो रे त?” उनले जवाफमा चार वर्ष पढेको बताईन । तर हाहा गर्दै प्रदीपले के पढाउने रहेछ चार चार वर्ष भने । फेरि प्रदीपले दिब्यालाई अमेरिकाको रिटर्न टिकट बारे सोधे । सिनेमा सकेर र त फर्किने होला नी भन्ने आशय थियो उनको ।
यस्तो बोली र ब्यवहारल्वले दिब्या बिच्किइन । र, आफ्नो काम भएको भन्दै उनी त्यहाबाट अलग्गिइन । घर पुगेर उनकी आमाले प्रदीप बारे जिज्ञासा राख्दा दिब्याले “जड्याहा” जस्तो लागेको बताईन । उनै जड्याहा लागेका प्रदीपसंग अहिले दिब्याको प्रेम चर्चा छ । भलै वास्तविकता त उनै दुईलाई थाहा होला !















