Sur Cinema

‘एक्लै भएँनी – मेरो अधुरो प्रेम’ : अधुरो प्रेमको बेदना र ब्रेकअपपछि मनमा उठ्ने भाव

काठमाडौं : आर्टमाण्डुको प्रोडक्सनमा सुजन चापागाईँको पछिल्लो म्युजिकल सिनेमा ‘एक्लै भएनी – मेरो अधुरो प्रेम’ सार्वजनिक भएको छ । यस म्युजिकल सिनेमाले प्रेम, बिछोड, पछुतो र बिछोडपछिको पीडालाई कलात्मक चित्रण गरेको छ । यसले अधुरो प्रेमको वेदना र ब्रेकअपपछि मनमा उठ्ने भावनाहरूको गहिराइलाई सङ्गीत र अभिनयमार्फत प्रस्तुत गरेको छ ।

गीतमा हर्क साउदको शब्द, सुजन चापागाईँ र विद्या तिवारीको स्वर, तथा सुजन चापागाईँकै सङ्गीत रहेको छ । सङ्गीत निर्माण, मिक्सिङ र मास्टरिङ कोविद बज्रले गरेका छन् । विश्वास लामाले न्यारेशन लेखेका छन् भने यसका कलाकार समेत रहेका चर्चित कथा वाचक साइग्रेस पोखरेलले सुनाएको न्यारेशनले गीतलाई थप प्रभावशाली बनाएको छ ।

अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन् । अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् । यसमा निमा लामाको मेकअप, सुजन रत्न परियारको कस्ट्युम डिजाइन, र तीव्रता खड्काको प्रोडक्सन डिजाइन रहेको छ । भिडियो सम्पादन र कलर ग्रेडिङ कृष्ण भण्डारीले गरेका हुन् भने छायाङ्कन चिन्तन राजभण्डारीको निर्देशनमा भएको हो ।  यस परियोजनाको सम्पूर्ण सुपरिवेक्षण नवीन चौहानले गरेका हुन् ।