काठमाडौँ : ‘हेर्दा हेर्दै’को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।
विनयराज पौडेलद्वारा निर्देशित गीतमा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ । नवराज थापाको स्वर राजकुमार बगरको सङ्गीत रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । उक्त गीतमा डम्बर राईको छायाङ्कन रहेको छ ।















