Sur Cinema

डिजाइन र सौन्दर्य महसुस गर्ने कला हो : मदनलाल श्रेष्ठ

काठमाडौं : नयाँ-नयाँ डिजाइनमा सानैदेखि लगाव राख्ने मदनलाल श्रेष्ठ ड्रेस डिजाइनरका रूपमा आफ्नो कौशलता प्रदर्शन गर्दै आएका छन् । काभ्रेको बनेपाका मानलाल श्रेष्ठ र सन्तमाया श्रेष्ठको ज्येष्ठ सुपुत्रका रूपमा जन्मिनुभएका मदन यस सम्बन्धी सिकेर यो क्षेत्रमा आफू लागेको बताउनुहुन्छ । ड्रेस डिजाइनरका रूपमा आफ्नो कौशलता प्रदर्शन गर्दै आएका छन् ।

ड्रेस डिजाइन एक कला भएको बताउँदै उहाँ पछिल्लो समय नेपालीहरूमा ड्रेसप्रति सचेत हुँदै गएको बताउँछन् । ‘यो एक कला हो । डिजाइन र सौन्दर्य महसुस गर्ने कला हो । पछिल्लो समय हामीकहाँ पनि आफ्नो ड्रेसप्रति सचेतहरूको पंक्ति बढ्दै गएको छ,’ उहाँ बताउँनुहुन्छ ।

विभिन्न फेशन शो र सौन्दर्य प्रतियोगिताका डिजाइन एवम् व्यक्तिगत डिजाइन यसमा पर्ने मदन बताउँनुहुन्छ । फेसन (ड्रेस) डिजाइनहरू सांस्कृतिक र सामाजिक व्यवहारबाट प्रभावित हुन्छन् र समय र स्थानमा परिवर्तन भएका छन् । फेसन डिजाइनरहरूले कपडा र सामानहरू डिजाइन गर्न विभिन्न तरिकामा काम गर्छन् । सुन्दर ढंगले पहिरनलाई आकर्षक बनाउँछ । यस्तो डिजाइन व्यक्तिगत र सामुहिक हुन्छ ।