Sur Cinema

‘जेरी अन टप’ को शुभमुहूर्त सङ्गै छायांकन सुरु

काठमाडौं : अनन्या फिल्मसको ब्यानर तथा सुयोग गुरुङको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘जेरी अन टप’ को आज शुभमुहूर्त भएको छ । ललितपुर पाटन स्थित बङ्गलामुखी मन्दिरमा सोमबार उक्त सिनेमाको शुभमुहूर्त सङ्गै छायांकन सुरु गरिएको हो ।

मुहूर्तमा सिनेमाका प्रमुख कलाकारहरु बिपना थापा, अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे (माग्ने बुढा) निर्मल शर्मा, बाल कलाकार काईरा कार्की लगायतका उपस्थित रहेको थियो।

सिनेमामा अनमोलको बुवाको भूमिकामा स्वयम भुवन केसी देखिने छन् भने आमाको भूमिकामा बिपना थापा खेल्ने निर्माण टिमले बताएको छ । सिनेमाको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन् भने एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन् ।

यो सिनेमाको प्रदर्शन अधिकार उपत्यकामा करण क्रेजीको रिच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनीले लिएको छ ।