Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘छक्का पन्जा ५’ ट्रेलर : भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष

काठमाडौं : दसैं फुलपातिको अवसरमा असोज २४ गते बिहिवार देखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘छक्का पन्जा ५’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा मुख्य कलाकारहरु सबैलाई स्थान दिईएको छ साथै दीपकराज गिरीलाई भ्रष्टाचार नगर्ने कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ । भने समग्र ट्रेलरमा एक्सन कमेडी रोमान्स सबै समेटिएको छ ।

यशअघि रिलिज सिनेमाका २ गीतले पनि राम्रै चर्चा बटुलेको थियो सामाजिक सन्जाल टिकटक, रिल्स लगायत । केदार घिमिरे (माग्ने बुढा) र निर्मल शर्मा सिनेमाका कार्यकारी निर्माता हुन् । आमा सरस्वती मूभिज र आइएमइको प्रस्तुतिमा बनेको सिनेमाले भ्रष्टाचार र कर्मचारीतन्त्रलाई कटाक्ष गरेको छ ।

दीपाश्री निरौला निर्देशित सिनेमामा दीपकका अलावा वर्षा शिवाकोटी, केदार घिमिरे (माग्ने बुढा), राजाराम पौड्याल, लोकेन्द्र लेखक, रमेश बुढाथोकी, प्रकाश घिमिरे र तेज गिरी लगायतका कलाकारहरु छ्न् ।

सिनेमाको पाचौं शृङ्खला नेपाल सहित उत्तर अमेरिका, पुर्वी एसिया, युरोप र ओसियानी मुलुक अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत एकसाथ प्रदर्शन हुँदैछ भने मध्यपूर्वको साउदी अरब, दक्षिण एसियाको टापु मुलुक माल्दिभ्स र अमेरिकाको उत्तरी राज्य अलास्कामा यो सिनेमा पहिलोपटक प्रदर्शन हुँदैछ ।