काठमाडौं : कलाकार जितु नेपाल सिनेमा ‘ज्वाइँ साब’मा गोवर्धन पण्डितको रुपमा देखिने निर्माण टिमले जानकारी दिएको छ । सिनेमा प्रदर्शन संघारमा रहदा निर्माण टिमले क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । ‘जोकर’ भनिने गरिएको कमेडी पात्रमा मात्रै देखिने जितुको यो चरित्रलाई धेरैले भिन्न रुपमा स्विकार्ने निर्माण टिमको अपेक्षा छ ।
पण्डित भन्नासाथ मानस्पटलमा आउने ‘झुसे’ आउटलुकलाई सिनेमाले समेटेको हो कि भन्ने देखिएको छ । बुड्यौली दर्शाउने चस्मा र सोही अनुरुपको पहिरनमा खुईलिएको तालुले चरित्र बुझाउन सहयोग गरेको छ ।
केही दिन अघि सार्वजनिक सिनेमाको क्लिप्सले जितु र नीति शाहको चर्चा मात्रै होइन समग्र सिनेमालाई नै लिएर तरङ मच्चाएको थियो । अब त्यो चरित्र माझ जितुको अर्को रुप पनि बाहिर आउदै गर्दा दर्शक हल सम्म आउने माहौल बन्ने स्म्म्भावना अझ बढेर गएको छ ।
सिनेमाको सार्वजनिक सामाग्रीले दर्शक आकर्शित त गर्दै नै छ । दर्शकहरु जितु ‘छक्का पन्जा’ क्याम्पबाट बाहिरिएर सहि निर्णय गरेछन भन्दै प्रसंसा गर्न थालेका छन् । कलाकारको चरित्रलाई बलियो बनाउने श्रेय निर्देशकलाई जाने गर्छ । जितुको भिन्न अवतार बनाउन सफल वसन्त निरौलाको पनि चौतर्फी चर्चा भैरहेको छ । सिनेमा असोज २४ गते फूलपातीबाट हलमा लाग्दैछ ।















