Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

कात्तिक ९ मा पुुनः सिनेमाघरमा ‘सानो संसार’

काठमाडौं : बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण प्रदर्शन रोकिएको सिनेमा ‘सानो संसार’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । गत शुक्रबारबाट रिलिज भएको यो सिनेमाको आइतबारदेखि प्रदर्शन स्थगित गरिएको थियो ।सिनेमा अब कात्तिक ९ मा पुुनः सिनेमाघरमा आउने निर्माण टिमले बताएको हो ।

मध्यमवर्गीय परिवारको कथामा बनेको सिनेमालाई सिद्धार्थ पुडासैनीले निर्देशन गर्नुभएको हो । सिनेमामा सीतादेवी तिमल्सेना, राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटीलगायत कलाकारहरूको अभिनय छ । अर्जुन कुमार निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता माधव वाग्ले हुन् ।