Sur Cinema

‘जेरी अन टप’मा माग्ने र सुरक्षाको प्रवेश

काठमाडौं : सुयोग गुरुङको निर्देशनमा बन्न लागेको सिनेमा ‘जेरी अन टप’को निर्माण टिम कास्टिङ लाइनअपलाई मजबुद बनाउँदै अघि बढेको छ । यसै साताबाट फ्लोरमा जान लागेको सिनेमामा कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाको प्रवेश भएको छ । निर्माण कम्पनि अनन्या फिल्मस् र अभिनेत्री सुरक्षा पन्तबीच बुधबार सम्झौता भएको थियो भने आज बिहिवार निर्माणटिम बिच माग्ने बुढा सम्झौता भएको हो ।

यो सिनेमाको प्रमुख कलाकारमा स्टार अभिनेता अनमोल केसी, अभिनेत्री आँचल शर्मा र जसिता गुरुङ यसअघि नै अनुबन्ध भइसकेका छन् । कास्टिङ लाइनअपले सिनेमा त्रिकोणात्मक प्रेमकथामा बन्न लागेको छनक दिन्छ ।

सिनेमाको कथा हेमराज बिसीको हो । सिनेमाको स्कृप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन् । यो सिनेमालाई काठमाडौँ,लुक्ला र वलिउडको ब्लकवस्टर फिल्म ‘थ्री इडियट्स’ छायांकन स्थल लद्धाक लगायतका स्थानमा खिचिँदैछ ।