Sur Cinema

‘अन्तिम पाना’ टिजर : जीवन यात्राको कथा

काठमाडौं : एक मात्र कलाकारद्वारा अभिनित पहिलो नेपाली सिनेमा ‘अन्तिम पाना’को टिजर सार्वजनिक गरिएको छ ।

टिजरमा सिनेमाको एक मात्र कलाकार रहेका उमेश कार्कीको जीवन यात्रालाई देखाईको छ । उनीलाई द्वन्द्वबाट ग्रसित पात्रको रुपमा देखाईएको छ ।  उनीलाई हिड्नु पर्छ भन्ने थाहा नभएपनी रोकिनुहुन्न भन्ने थाहा छ ।

यो सिनेमालाई जीवन थापा क्षितिजले लेखेका हुन् भने उनीले नै निर्देशन समेत गरेका हुन् । यो सिनेमा एक मात्र कलाकारले अभिनय गरेको नेपालकै पहिलो सिनेमा हो ।

सिनेमाको डिओपी केदार राई हुन् भने निर्माता दिवाज राई किराँती हुन् ।  सिनेमालाई सम्पादन भने विपिन्न मल्लले गरेका छन् । निर्माण पक्षको अनुसार यो सिनेमा यहि दशैँमा रिलिज हुने तयारीमा छ । 

https://youtu.be/tuVukBRWej8?si=swogEkKwlCmn0T05