काठमाडौं : टाढा रहेर प्रेम गरिरहेका धेरै प्रेमिल जोडी नेपालमा छन् । सम्बन्ध दुरीले होइन बिश्वास र निरन्तर कुराकानीले बलियो हुन्छ भन्ने देखाउन गीत “देउन कान्छा माया” निर्माण भएको छ ।
जङ्गलमा डुलेर प्रेम गरेको कल्पना गरिएका सिन समेत गीतको भिडियोमा समेटिएको छ । कथा बोल्ने गीतका भिडियो भन्दा भिन्न यो गीत म्युजिक भिडियो मात्रै बनेको छ ।
गीतमा बलराम परियार र अन्नु चौधरीको स्वर छ । शब्द संगीत भने सुजन बाबू गुरुङले तयार गरेका छन् । विक्रम चौहानको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियो लक्ष्मण चौहानले सम्पादन गरेका छन् । प्रजल गुरुङ र गीता ढुङ्गाना फिचर्ड भिडियो जयन्द्र रावलको समुहले खिचेको हो ।















