Sur Cinema

आफ्नै पिताको फ्यान समीर

काठमाडौं : बोलिचाली, लवज र सलता नवनायक समीर भट्टले आफ्ना पिता विराज भट्टबाट पैतृक सम्पतीको रुपमा लिएको मान्न सकिन्छ । अनुहार नहेरेर आवाज मात्रै सुन्ने हो भने विराज र समीरको आवाज छुट्याउन हम्मे हम्मे पर्छ । अब एक्सनमा पनि उनले आफ्नै पितालाई पछ्याउने आकलन गर्न थालिएको छ । तर यसबारे सिनेमा “१२ गाउ” प्रदर्शनमा नआए सम्म केही भन्न सकिन्न । तर, सार्वजनिक सामाग्रीलाई नियाल्ने हो भने समीरले राम्रो गर्नेमा आशा गर्न सकिन्छ ।

समीरले आफ्ना पिता विराजलाई आफ्ना गुरु मान्छन् । उनी हरेक कुरामा आफ्ना पिताबाट प्रभावित रहेछन् । अझ उनी त आफुलाई आफ्नै पिताको फ्यान भन्ने गर्छन । एक्सन, अभिनय देखि समग्र अभिनय यात्रा तय गर्न समीरलाई योग्य बनाउने मेरुदण्डको काम विराजले गरेका छन् ।

सामाजिक संजालमा समीर सक्रिय हुन थालेको लामो समय भएको छैन् । उनी आफ्नो “तपस्या” अवधी भर सामाजिक सन्जाल समेत प्रयोग गर्दैन थिए । अहिले भने बल्ल प्रयोग गर्न थालेका छन् । अब नायकको छवी बचाउन पनि उनी यता आएको बताउछन् ।

भारतमा रहेर उनले नृत्य, मार्सल आर्ट र अभिनय सिके । रङमन्चमा अभिनय पनि गरे । एक दशक सम्म गुमनाम जस्तै भए । न त पारिवारिक कार्यक्रममा सक्रिय सहभागिता देखाए न त रात्रीकालिन कार्यक्रममा उवपस्थित भए । गुमनाम रहेर आफ्नै कामलाई तपस्या मानेर लागिरहे ।

सानैबाट सिनेमामा ल्याउने योजना सहित विराजले उनलाई तयार गर्दै थिए । त्यही क्रममा एउटा एक्सन सिनको लागि समीरलाई अफर गरे । पछि लम्बिदै गरेर उनले समीर कै लागि महत्वपुर्ण रोल पाए र सुरु भयो उनको सिनेमा यात्रा ।

डेब्यु सिनेमा प्रमोसनको क्रममा रहेका समीर अर्को सिनेमामा अनुबन्धित भैसकेका छन् । सिनेमामा पैसा पानी झै बगाउने निर्देशकको रुपमा परिचित सन्तोष सेनको सिनेमा “बलिदान” अबको समीरको अर्को प्रोजेक्ट रहेको छ । यो सिनेमामा समीरले राम्रो काम गर्ने हो भने प्रदीपले छोडेर एक्लिएका सन्तोषलाई पनि राहत मिल्ने छ भने समीरको सिनेयात्रामा एक बलियो इटा थपिने छ ।

समीर पश्चिमेली, नेपाली, हिन्दी र अङ्रेजी भाषाका राम्रो ज्ञाता हुन् । स्पस्ट उच्चाहरणका लागि भन्दै उनले खास कक्षा पनि लिएका छन् । उनले भाषा जान्ने बोल्ने मात्रै होइन त्यस प्रतिको आफ्नो पन सहित बोल्ने क्षमता राख्छन । भाषिक शुद्धतामा उनि अब्बल छन भन्ने देखिन्छ । यश मामलामा भने उनी राजेश हमाल झै देखिने आशा गर्न सकिन्छ ।

समीर विराजको पथप्रदर्शनमा चलिरहेका छन् । यो सिनेमा बिराजको दोस्रो निर्देशकिय सिनेमा हो । पहिलो सिनेमाले खासै ब्यवसायिक सफलता पाएको थिएन । यसर्थ दुबैलाई च्यालेन्ज भने छ । त्यति मात्र हैन सिने जगतमा विराजलाई बाघ भन्नेहरु समीरलाई डम्बरु भन्दै छन् । तर विराज जस्तै बन्ने होडमा समीरले कतै आफ्नै अस्तित्व बनाउन चुक्ने त होइनन भने सम्भावना भने रहेको देखिन्छ । खैर, उनको नया यात्राको लागि शुभकामना ।