Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘रावायण’को ट्रेलर ट्रेन्डिङको शिर्ष स्थानमा

काठमाडौं : सुदर्शन थापाको निर्देशनमा तयार भएको सिनेमा ‘रावायण’ दर्शकहरुको लागि बहुप्रतिक्षित सिनेमा बनिसकेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै सिनेमा युनिट तथा सञ्चारकर्मीहरुको उपस्थितिमा उक्त सिनेमाको ट्रेलर सार्वजनिक गरिएको थियो ।

सोही ट्रेलर सार्वजनिक गरेको ९ घण्टा भित्रै ट्रेन्डिङको शिर्ष स्थानमा पर्न सफल भएको छ । ४ हजार भन्दा बढी सकारात्मक प्रतिक्रिया सहित यो समाचार तयार हुँदा सम्म ८ लाख ३२ हजार पुगेको ट्रेलरले ३४ हजार बढी लाईक पाईसकेको छ ।

एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् ।

सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

सिनेमामा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ । सिनेमा यहि भाद्र २१ बाट सिनेमा घरहरुमा लाग्दैछ ।