Sur Cinema

Edit Content
Edit Content

ताजा अपडेट

‘वर एण्ड बधु’को नयाँ गीत ‘सिरी सिरी हावा’ रिलिज

काठमाडौं : मिलन चाम्स निर्देशित सिनेमा ‘वर एण्ड बधु’को नयाँ गीत सार्वजनिक गरिएको छ। बिहीबार निर्माण टिमले ‘सिरी सिरी हावा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो।

गीतमा सुगम पोख्रेल र नेहा करोदेको स्वर रहेको छ। गीतका शब्दहरु नरेश भट्टराईले लेखेका हुन् भने संगीत युग भुसालले भरेका छन्। गीत रोमान्टिक भावमा रहेको छ।

यता भिडियोको कुरा गर्नुपर्दा सिनेमाका मुख्य कलाकार आँचल शर्मा र विवेक कर्माचार्य फिचर्ड छन्। आँचल र विवेकको रोमान्स अनि छल्किएको प्रेम भिडियोमा देख्न सकिन्छ। भिडियोलाई सुस्मिता वाइवाले कोरियोग्राफी गरेकी हुन्।

आगामी भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको हो।

सिनेमामा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको पनि सिनेमामा अभिनय रहेको छ।

जानुमा थापा सिनेमाको निर्माता हुन्। सिनेमाको कार्यकारी निर्माताको रुपमा
अमित रिजाल रहेका छन्। नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको सिनेमालाई सुदीप बरालले खिचेका हुन्।