काठमाडौं : बडा दशैँको छेको पारेर सिनेमा ‘लाखे आजु’ प्रदर्शन हुने भएको छ । निर्माता गोपाल काजी कायस्थले सिनेमा दशैँको छेकोमा रिलिज गर्ने तयारी गरेको जानकारी दिएको हो ।
सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको सिनेमाको ट्रेलर मंगलवार सार्वजनिक गरिएको हो । आर्यम नकर्मी निर्देशित सिनेमाको निर्माण तीन वर्षदेखि भइरहेको थियो । सिनेमालाई नेपाली र नेवारी भाषामा एकसाथ प्रदर्शन गरिनेछ । सिनेमालाई नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शनको तयारी छ ।
विके फिल्म्सले सिनेमालाई नेपाल र विदेशमा वितरण गर्नेछ । सिनेमामा सोहित र अशिष्मासहित मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशीलगायतको अभिनय छ । सिनेमामा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरूपमा लगानी छ ।















