काठमाडौं : भदौको १४ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘वर एण्ड वधु’को तीन नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । यस्तै, एक पोस्टरमा भने सिनेमाका अधिकांश कलाकारहरु अटाएका छन् ।
मिलन चाम्सको निर्देशनमा तयार भएको यो सिनेमामा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारहरुको अभिनय छ ।

प्रदीप भारद्धाजको लेखन रहेको यो सिनेमाका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो सिनेमामा जानुका थापाको लगानी छ । सिनेमामा सुदिप बरालको डीओपी, मिलन श्रेष्ठको सम्पादन, साहिल खानको ट्रेलर, कविराज गहतराज र अनिसा स्याङ्देनको कोरियोग्राफी, हिमाल केसीको एक्सन छ ।
यो सिनेमाको दुई वटा गीत सार्वजनिक भइसकेको छ । दुबै गीतलाई दर्शकले मन पराइरहेका छन् । रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो सिनेमाले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।















