काठमाडौं : निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी सिनेमा ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही सिनेमाबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो सिनेमाका कारण सिने क्षेत्र गर्माएको हो ।
हाल यही सिनेमामा नायिका नीति शाहको एउटा लुक्स सार्वजनिक गर्दै अनुबन्धित भएको जानकारी दिईएको छ । नीतिको सार्वजनिक लुक्समा नीतिलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ ।
नरसिंहाको अर्थ- भगवान विष्णुको उग्र अवतार हो । निर्माणपक्षले बिहिबार सिनेमाको घोषणा गरिएसँगै थिम पोस्टर सार्वजनिक गरेको थियो । जहाँ, थिम पोस्टरले युद्धको सङ्केत गरेको छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने सिनेमा यही भदौबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । सिनेमाको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।















