Sur Cinema

‘रावायण’ टिजर : अधिकांश दृश्यमा द्वन्द्वलाई प्राथमिकता

काठमाडौं : आगामी भदौ २१ गतेबाट रिलिज हुने सिनेमा ‘रावायण’को टिजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।

टिजरमा सिनेमाका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दार्हिमा र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ ।

सिनेमामा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।

प्रेमकथानक सिनेमा निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा सिनेमा ‘रावायण’का निर्देशक हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको सिनेमाकी निर्माता पुजा शर्मा हुन् । सिनेमामा सुशन पाठक कार्यकारी निर्माता छन् ।

सिनेमामा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, रोजिता पराजुलीलगायतको अभिनय छ ।

सिनेमामा शिवम् अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गुञ्जवाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द,विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर र विजय बस्यालको पोस्टर डिजाइन छ ।

सिनेमाको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।