Sur Cinema

नर्ससँग वैवाहिक सम्बन्धमा बाँधिए बले

काठमाडौं : पछिल्लो समय लोकप्रिय टेलिसिरियल ‘सक्किगोनी’मा अभिनय गर्दै आएका सागर लम्साल ‘बले’ वैवाहिक जीवनमा बाँधिएका छन्। आइतबार चावहिलको पार्टी प्यालेसमा भव्य समारोहकाबीच बलेको विवाह सम्पन्न भएको हो।

बलेले भक्तपुरको एक हस्पिटलमा कार्यरत नर्स स्नेहा दंगालसँग विवाह गरेका हुन्। दुबै परिवारको समझदारीमा बलेले मागी विवाह गरेका हुन्। स्नेहाको घर झापा हो। हाल नर्सिङ पेसा गरिरहेकी छिन् उनले। यतिबेला भने सागर र स्नेहालाई सामाजिक संजालमा बधाईको ओइरो लागेको छ।

थुप्रै कलाकारहरुले बलेको विवाहको फोटो सेयर गर्दै वैवाहिक जीवनको शुभकामना दिइरहेका छन्। दुलाह बन्दा बले निकै चिटिक्क देखिएका छन्। बले र स्नेहाको जोडी गजब छ। निकै मिलेको छ जोडी पनि।

उसो त सागरको मोडल पृज्मा खतिवडासँग केही वर्ष प्रेम सम्बन्ध चलेको हल्ला थियो। आधा दर्जन बढी म्युजिक भिडियोमा सागर र पृज्माले एकसाथ काम पनि गरे। प्रेम सम्बन्ध राम्रो हुँदै गईरहेका खबरहरु बाहिर आएका पनि थिए। तर पछि यि दुईबीच मनमुटाव सुरुभएपछि प्रेम सम्बन्ध ब्रेकअपमा परिणत भएको बताइन्छ। सायद प्रेम नफापेर होला सागरले सुटुक्क मागी विवाह गरे। जे होस् बलेलाई हाम्रो तर्फबाट पनि वैवाहिक जीवनको धेरै धेरै शुभकामना।