Sur Cinema

‘ईश्वर’ ट्रेलर : अन्तरजातीय प्रेमकथाको उठान

काठमाडौं : राजु गिरीको निर्देशनमा तयार भएको सिनेमा ‘ईश्वर’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा आफ्नो कुलभन्दा बाहिरको युवायुवती प्रेममा परेपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलर हेर्दा अन्तरजातीय प्रेमकथालाई उठान गरेको बुझ्न सकिन्छ ।

दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा हरिबहादुर थापाको निर्माण छ भने सिनेमामा भोजराज देवकोटाको पटकथा तथा संवाद छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको सिनेमामा ध्रुव थापा, पृथ्वीराज प्रसाईं, अनु शाह, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारी लगायतको अभिनय छ ।

सिनेमामा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ । फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको वितरण आरआर फिल्मसले गर्दैछ भने सिनेमा साउन ११ मा रिलिज हुँदैछ ।