काठमाडौं : सिनेमाको छायांकन स्थल बाटै निर्देशक सुदर्शन थापा पक्राउ परेका छ्न् । ‘प्रसाद २’का निर्माता मध्येका एक सुदर्शन बस्नेतले दिएको उजुरीको आधारमा निर्देशक थापा पक्राउ परेका हुन् । थापालाई आज प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।
थापालाई मालीगाउँबाट पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाइएको छ । थापालाई म्याद थपका लागि जिल्ला अदालत ल्याउने तयारी प्रहरीले गरिरहेको छ ।
सिनेमा ‘प्रसाद २’को विषयमा थापालाई केही महिना अगाडि नै पक्राउ पुर्जी जारी भएको थियो । तर, थापा पक्राउ परेका थिएनन् । आर्थिक लेनदेन र ठगीको उजुरीको आधारमा उनलाई प्रहरीले लामो समयदेखि खोजिरहेको थियो ।















