काठमाडौं : शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘बद्री बहादुर’ प्रदर्शनको तयारीमा छ । आगामी चैत्र २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको बिहीवार ट्रेलर रिलिज हुदैछ । यो सिनेमालाई बलिउड अभिनेता तथा चर्चित कमेडियन कपिल शर्माले प्रचार गर्ने वचन दिएको निर्देशक बस्नेतले बताए ।
निर्देशक बस्नेत केही समय पहिले मुम्बई गएका थिए । त्यही क्रममा उनले कपिल शर्माको द कमेडी नाइटस विथ कपिल शर्मा शोको सेटमा पुगेका थिए । सोही क्रममा उनिहरु बीच सिनेमाको विषयमा कुराकानी भएको हो ।कुराकानिको क्रममा आफू नेपाली सिनेमाको प्रचार गर्न तयार रहेको बताएको निर्देशक बस्नेतको दाबी छ ।
सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमा एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे सिनेमाको निर्मातामा छन् । सिनेमामा जय किशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य र वर्षा चौलागाईको मुख्य भूमिका छ भने विशेष भूमिकामा पूजा शर्मा, सलोन बस्नेत र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन् ।
सिनेमामा विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव बिकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा भीएफएक्स र सह निर्माता समिर मिया, सम्पादन बन्दे प्रसाद रहेको छ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमालाई काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । सिनेमाका सह-निर्देशनमा रामजि राउत र ज्ञान कु. कटेलले गरेका हुन् ।















